मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु, दुई घाइते

शनिबार, वैशाख २९, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -४ निवासी ३७ वर्षीय भुवन केसीको  मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार आज शनिबार बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । 

नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उहाको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्वरको मोटरसाईकल चालक बाँफिकोट गाउँपालिका वडा नम्वर ४ का ३० वर्षिय दिपक दाहाल र मोटरसाईकल ईलाका प्रहरी कार्यालय बाव्बेचौरस्थित प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक के.सी.को मोटरसाईकल पछाडी वसेका चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्तालगाउँका १८ वर्षिय आषिस कुमार मल्ल र दाहाल सामान्य घाईते भएको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्