शिक्षकको पेशागत विकासका लागि उत्प्रेरणा कार्यक्रम

आइतबार, वैशाख १६, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शिक्षकहरुको पेशागत विकासका लागि उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ । 

सिकाई गुणस्तर सुधारको मुख्य मियोको रुपमा रहेका शिक्षकहरुलाई पेशाप्रतिको अपनत्व र प्रतिवद्धत बनाई सार्थक परिणाम निकाल्न उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालका अनुसार कार्यक्रममा नगरपालिका कार्यालयले यस अघि दिएका निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा पनि पुर्नस्मरण गराइएको छ । आफू कसरी खुसी हुने र पेशनलाई खुसी साथ आत्ससात गर्ने भन्ने कुराको जानकारी गराउँदै असल नेतृत्व क्षमता विकास र विद्यालय सुधारको प्रतिवद्धासमेत गरिएको छ । 

कार्यक्रमको सहजीकरण कर्णाली प्रदेश योजना आयोगका निवर्तमान सदस्य एवम् शिक्षाविद् जीतबहादुर शाहले गर्नुभएको थियो । चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको अध्यक्षता रहेको कार्यक्रममा कर्णाली प्रदेश निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि शर्माले शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक जागरणको आवश्यकता ‌औल्याउनु भयो । शिक्षा सुधारको जिम्मेवारी सबैभन्दा बढी शिक्षक र प्रधानाध्यापकलाई रहेको बताउनुभयो । 

कार्यक्रममा चौरजहारी नगरपालिका क्षेत्रभित्रका १७५ जना शिक्षकहरूको सहभागिता रहेको थियो । चौरजहारी नगरपालिका र सामाजिक विकास कार्यालय रुकुम पश्चिमको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । चौरजहारी नगरपालिकाले शैक्षिक सत्र २०८१ लाई शिक्षक क्षमता अभिवृद्धि वर्षका रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।   

438221650_2691868784322637_5587464514823073249_n-1714274922.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्