टोट्केमा आगलागी हुँदा एक घर, २२ सय फलफूलका विरुवा र खानेपानी आयोजनामा क्षती

बुधबार, वैशाख १२, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -६ टोट्केमा आगलागी भएको छ । बुधबार दिउँसो भएको आगलागीबाट एक घर जलेर नष्ट हुनुका साथै बोट बिरुवा र खानेपानी आयोजनामा क्षती भएको छ । 

आगलागीबाट स्थानीय लक्ष्मी बोहोराको घर जलेर पूर्ण रुपमा नष्ट भएको नेकपा माओवादी केन्द्र चौरजहारीका नगर सचिव एलबि कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार बोहराको पाँच जनाको परिवार बस्दै आएको घर जलेर नष्ट भएको छ । 

त्यसैगरी आगलागीबाट व्यवसायीक रुपमा लगाईएका विभिन्न फलफूलका बिरुवाहरु जलेर नष्ट भएका छन् । १४ घर परिवारले लगाएका करिब दुई हजार दुई सय विरुवा नष्ट भएका हुन् । व्यावसायिक रुपमा लगाएको सुन्तला, अनार,कागती र आँपका बिरुवा जलेर नष्ट भएको बताईछ । 

यसका साथै उक्त आगलागीबाट सौर्य उर्जाबाट सन्चालित लिप्ट खानेपानीको तार र कन्ट्रोल बक्स जलेको छ । खानेपानी अवरुद्ध हुँदा यहाँका ६ बस्तीमा खानेपानी समस्या भएको छ । गाउँटोल, फारुला टोल, टागालठाना टोल, टोट्के टोल, रातापोखरा टोल र तिमिले टोलका बासिन्दा खानेपानीको समस्यामा परेका छन् । 

घर जलेर घरबिहिन भएका परिवारलाइ आजै चौरजहारी नगरपालिकाले तत्कालकाे राहात उपलब्ध गराएको छ । आगलागी अझै नियन्त्रण नभएको बताईन्छ । 

440291363_7385796888208430_4319236852267463474_n-1713974762.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्