मलामी गएका एक जना व्यक्ति भेरीनदिमा बेपत्ता

बुधबार, वैशाख १२, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ रानिसागर स्थित भेरी नदिमा एक पुरुष बेपत्ता भएका छन् । 

चौरजहारी नगरपालिका -९ निवासी ६१ बर्षिय नारायण खड्का भेरी नदिमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार मलामी गएका खड्का नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको हो । बुधबार दिउँसो ३ बजे नुहाउने क्रममा खड्का बेपत्ता हुनुभएको हो । 

खड्का डुबेर बेपत्ता भएको सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ गएर खोजतलास कार्य भईरहेको बताईएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्