बाँफिकोटमा घर आगलागी हुँदा गहना निकाल्न गएकी एक बृद्धाको मृत्यु, तीन घर जले

आइतबार, वैशाख ९, २०८१

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागी हुँदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । 

आईतबार दिउँसो पौने ३ बजेतिर ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षिया बुदि कामीको मृत्यु भएको हो । 

वडा अध्यक्ष तिलबिर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् । 

अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको वडा अध्यक्ष केसीले बताउनुभयो । स्थानीयवासी र ईलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । 

आगलागीबाट थप घरहरुमा समेत क्षति हुने अवस्था रहेको बताईन्छ । घरहरुमा आगलागी हुँदा भएको क्षतीको विवरण भने अझै संकलन हुन सकिरहेको छैन । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्