किसानको हकहित र कृषि पेशा प्रवर्द्धनका लागि स्थानीय कृषि तथा पशुपन्छी ऐन पारित

शनिबार, माघ २७, २०८०

जाजरकाेट । शिवालय गाउँपालिका जाजरकोटले कृषि पेशाको संरक्षण तथा कृषिसंग सम्बन्धित सेवाको प्रवर्द्धनका लागि स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पारित गरेको छ । पालिकाको यहि फागुन २६ को १३ औँ गाउँ सभाले उक्त ऐन पारित गरेको हो । 

नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रभुता हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषिनीतिलाई स्थानीकरण गरि किसानका हकहित संरक्षण गर्न र कृषि पेशालाई प्रवर्द्धन गर्न यो ऐन ल्याइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बस्नेतले बताउनुभयो । 

कृषि पेशालाई मर्यादित बनाउन, किसान अधिकार सुनिश्चित गर्न, किसानको वर्ग अनुसार सेवा सुबिधा प्रदान गर्न र अनुदान वितरणलाई सहज बनाउन यो ऐनले बाटो खोलेको पालिका प्रमुख शेर बहादुर शाहिले बताउनुभयो ।

सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारीमा संचालित अवसर दोश्रो परियोजनाले कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवर्द्धनको ब्यवस्था मिलाउन पालिकासंग समन्वय र सहजिकरण गरेको थियो । 

Shiwa1707544453.jpg

नेपालको संविधान प्रद्धत्त किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता तथा किसानको सशक्तिकरणका माध्यामबाट कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न, कृषि प्रणालीलाई दिगो र समतामुलक विकासको अभ्यास गर्न स्थानीय सरकारसंग नीतिगत साझेदारी गरिएको अवसर दोश्रो परियोजनाका परियोजना संयोजक बिष्णु पन्थले बताउनुभयो । 

स्थानीय सरकारले किसानको हक र कृषि हितमा काम गरिरहेको छ र यो ऐनले कृषि सेवा व्यवस्थित हुने, जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने साथै किसानलाई सेवा सुविधा साथै सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि सहयोग हुने कृषि शाखा प्रमुख विश्वामित्र खनालले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्