नेभिगेशन
समाज

घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते 

घर पोत्ने माटो खन्ने क्रममा रुकुम पश्चिमका चार महिला घाइते हुनुभएको छ । 

आठबिसकोट नगरपालिका ११ को चौर गाउँबाट जाजरकोटको नलगाड नगरपालिका(७ दल्ली गएर घर लिपपोत गर्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा उहाँहरु घाइते हुनुभएको हो ।

घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका(११ चौर निवासी ३० वर्षीया नविना वली, ३० वर्षीया रमिता सार्की, १७ वर्षीया पूजा सार्की र १६ वर्षीया हिमाली सार्की रहनुभएको छ।

आज बुधबार बिहान माटो खन्ने क्रममा एक्कासि ढिस्को खसेर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० बुद्धि सागर पुरी जानकारी दिनुभयो ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरूको तत्काल उद्धार गरेको थियो।

 उहाहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार नविना वलीको दायाँ हात, दायाँ खुट्टा र कम्मरमा चोट लागेको छ। रमिता सार्कीको दायाँ खुट्टामा तथा पूजा सार्की र हिमाली सार्कीको बायाँ खुट्टा र कम्मरमा चोट लागेको छ। चारै जनाको अवस्था मध्यम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज