रुकुमका सक्रिय पत्रकार खड्कालाई 'उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार' प्रदान

सोमबार, माघ १५, २०८०

बिरगंज । रुकुमका सक्रिय पत्रकार मनिष खड्कालाई उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवसको अवसरमा बीरगंजमा आयोजित बिशेष समारोहमा उहाँलाई पुरस्कृत गरिएको हो । उक्त समारोहमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पत्रकार खड्कालाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो । 

खड्कालाई कर्णाली प्रदेशतर्फको उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमका सचिव रहनुभएका पत्रकार खड्का नयाँ पत्रिका दैनिकको जिल्ला संवाददाता, रेडियो सानोभेरी एफ.एम.को समाचार प्रमुख र कखरा डटकमका सम्पादक समेत हुनुहुन्छ । 

उहाँसँगै अन्य प्रदेशबाट पनि क्रियाशिल पत्रकारहरु, प्रेस सेन्टरका उत्कृष्ट शाखा र उत्कृष्ट प्रदेश समितिलाई स्थापना दिवसको अवसरमा पुरस्कृत एवम् सम्मान गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्