नेभिगेशन
समाज

जाजरकोटमा नमूना बाल विकास केन्द्रको भवन उद्घाटन 

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका -१० भुरचौरमा निर्माण गरिएको नमूना बाल विकास केन्द्रको भवन उद्घाटन तथा बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

शुक्रवार एक समारोहका बिच भैरब माध्यमिक बिद्यालय भेरी नगरपालिका १० भुरचौरमा निर्माण गरिएको बाल विकास केन्द्रको नमूना भवन उद्घाटन संगै हस्तान्तरण गरिएको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट, सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो परियोजना र भेरी नगरपालिका जाजरकोटको संयूक्त लगानिमा बिद्यालयमा नमूना बाल विकास केन्द्रको निर्माण भएको थियो ।

'अवसर दोस्रो परियोजना'को १७ लाख र भेरी नगरपालिका जाजरकोटको ७ लाख ८८ हजार ७६० गरि जम्मा रु २४ लाख ८८ हजार ७६० लागतमा नमूना बाल विकास केन्द्रको भवन निर्माण कार्य गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताउनुभयो ।

बाल विकास उमेर समूहका बालबालिकाहरुको शारिरीक, मानसिक, बौद्धिक, संवेगात्मक तथा सामाजिक विकासका लागि मद्दत गरि बिद्यालय शिक्षाका लागि प्रभावकारी वातावरण तयार मार्फत भोलिको सक्षम नागरिक तयार गर्न नमूना वाल विकास केन्द्रको निर्माण गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाहले बताउनुभयो ।

384820783_184121684710119_5147436964444177617_n1696608174.jpg

भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै भेरी नगरपालिका जाजरकोटका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले भेरी करीडोरको छेउमा निर्माण भएको यस नमूना बाल विकास केन्द्रले जाजरकोट जिल्ला लगायत जाजरकोट जिल्लासंग जोडीएका सल्यान, डोल्पा, रुकुम लगायतका क्षेत्रमा समेत सकारात्मक सन्देश जाने बताउनुभयो ।

भोलिको समुन्नत समाजका लागि प्रारम्भिक शिक्षामा लगानि गर्नु आजको आवश्यकता रहेकोले भेरी नगरपालिकाको प्राथमिकतामा शिक्षा रहेको समेत नगर प्रमुख घर्तिले बताउनुभयो ।

उद्घाटन तथा हस्तान्तरण समारोहमा बाल विकास केन्द्रको भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता गोपाल शर्मालाई सम्मान समेत गरिएको थियो ।

भैरव माध्यमिक बिद्यालय भुरचौरका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रानाको अध्यक्षता र नगर प्रमुख चन्द्र प्रकाश घर्तिको प्रमुख आतिथ्यतामा संचालित उक्त उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष दल बहादुर राना, पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाह, महासचिव राजु केसी, कार्यकारी निर्देशक रण बहादुर कार्की, सेभ द चिल्ड्रेनका शिक्षा संयोजक नवराज बिसी, स्थानीय जन प्रतिनिधिहरु, बिब्यसका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नमूना बाल विकास केन्द्रको भवन निर्माणको उदेश्य तथा यसमा बिद्यालय, स्थानीय सरकार र अभिभावको भूमिकाका बारेमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटका परियोजना संयोजक केशब कुमार बिसीले प्रष्टयाउनु भएको थियो ।

384832157_357799590009219_689382845883953027_n1696608168.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर