डम्मर बिष्ट

२०८० वैशाख १२

रुकुम पश्चिम जिल्लामा दर्ता भइ संचालनमा आएका सार्वजनिक संघ संस्थाहरु मध्ये आजसम्म क - कसले संस्थाको साधारण सदस्यता विस्तार र वितरण गरेका छैनन ? क कसले लामो समयसम्म आय ब्ययको विवरण सार्वजनिक गरेका छैनन ? कुन कुन संस्थाले भ्रमण भत्ताको नाममा अनुदान प्राप्त रकमको हिनामिना गरिरहेका छन ? कुन कुन संस्थाले बर्षौसम्म पनि कोठामा लुकिछिपी साधारण सभा सम्पन्न गरेको कागजपत्र मिलाएका छन ? कुन कुन संस्थाले बर्षौसम्म पनि नेतृत्व हस्तान्तरण गरेका छैनन ? यी सबै कुराको अब तिब्र रुपमा खोजी गर्नुपर्छ र सार्वजनिक संस्थालाई पारदर्शी बनाउनुपर्छ । स्मरण रहोस :- सार्वजनिक सम्पत्ति दोहन गरेर मीठो मसिनो खानु भनेको दिनभरि भारी बोकेर राज्यलाई कर तिर्ने गरिबको आँसु पसिना र रगत खानु सरह हो । अस्पतालमा उपचारको अभावमा दिनदिनै मरिरहेका मानिसको मृत्युको कारणको हिस्सेदार बन्नु हो । दिइनदिनै बिदेश उडेर रेमिट्यान्स र लास पठाउने युवाहरूको दुख र मृत्युको कारण बन्नु हो । सार्वजनिक संस्थामा बसेर दाइ हाल्ने, रजाइँ गर्ने परिपाटीलाई निरुत्साहित गर्न अब युवाहरुले आ आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्छ ।

(डम्मर बिष्टको फेसबुकवालबाट)

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसपी ढकाल
२०८० वैशाख १२

गणेश सिर्पाली
२०८० वैशाख १२

बिनाराम खड्का
२०८० वैशाख १२