नेभिगेशन
पर्यटन

जर्मनी सा‌ंसदको चासो नेपालको पुन निर्माणमा

भक्तपुर ।

 

जर्मनीका सांसदहरुको प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता गरेको छ । 

भेटमा दुईपक्षीय सहयोगका बारेमा छलफल भएको जनाइएको छ । सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा पुनःनिर्माण, जीर्णोद्वार र विकास कार्य जनताको सहभागितामा आर्थिक अनुशासनमा रहेर अघि बढिरेहको चर्चा गरेका थिए ।

जर्मन सांसदहरुको प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालसँग पनि भेट गरेको थियो । सो भेटमा सांसद सुवालले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा जर्मनी सरकारको सहयोग यहाँका जनतामा ताजा स्मरणमा रहेको बताए । 

सांसद सुवालले विसं २०७२ को भूकम्पमा जिल्लामा २८ हजार र भक्तपुर नगरका आठ हजार घर क्षति भएको उल्लेख गर्दे शहरभित्रका अझै आधाभन्दा बढी भत्किएका घर पन्छाउने र पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जर्मन सांसद टोबिस प्लफुगरले भक्तपुर नगरपालिकाले सरसफाइ क्षेत्रमा गरेका कार्यको प्रशंसा गर्दै दुईपक्षीय सहकार्य जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्