समा थापा

जहाज रनवेबाट मात्र २ किलोमिटर पर दुर्घटनामा पर्यो, यदि अन्तराष्ट्रिय बिमानस्थलको त्यति नजिक दुर्घटना हुँदा किन आगो बलेको बिमानलाई दमकल,पानीको फोहरा, हेलिकोप्टरबाट तत्काल आगो निभाउन सकिएन? मानिसहरुले दनदनती बलेको आगोमा सेल्फि र लाईभ भन्दै मानवता बेचि रहँदा हाम्रा सरकारी संयन्त्रको उद्धार कस्तो थियो ? यदि त्यो घटनास्थल भौगोलिक रुपले कठिन ठाउँ थियो भने रनवेको २ किमि पर त्यति खतरनाक भूगोलमा अन्तराष्ट्रिय बिमानस्थल कसरी बन्यो? स्मरण रहोस् म विकट लुक्ला,हुम्लाको कुरा गरिरहेको छैन म देशको अन्तराष्ट्रिय बिमानस्थलका बारे बोल्दैछु। भोलि त्यो ठाउँमा ठूला विदेशी जहाज आउँदा पनि यस्तै आपतकालिन उद्धारको संयन्त्र हुन्छ? बिमानस्थल सुचारु गर्नु अघि आपतकालिन अभ्यास गरिएको थियो कि थिएन कि कसको पालोमा उद्घाटन भयो भन्ने रेकर्ड बनाउने हतारो थियो? बिमानस्थल नजिक त्यतिका मानिस जलिरहँदा जब समयमा कसैको पनि उद्धार हुन सक्दैन र देशका ठालुहरु काठमाण्डौको कन्ट्रोल रुममा नौटंकी गर्न पुग्छन् भने यो दुर्घटना मात्र होईन सबै मिलेर गरेको हत्या हो। अब बिकास सिमित मानिसको स्वार्थ र लोकरिझ्याईका लागि मात्र होईन विज्ञान र आवश्यक्ताका आधारमा हुनुपर्छ। समतल देखे बिमानस्थल डाँडा देखे केबलकार भनेर जनताले नेतालाई उचाल्नु हुदैन।

(समा थापाकाे फेसबुकवालबाट)

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसपी ढकाल
२०७९ माघ २