नेभिगेशन
समाज

रुकुम पूर्वमा बृहत जिल्लास्तरिय कृषि मेला प्रर्दशनी सम्पन्न

रुकुम पूर्वमा बृहत जिल्लास्तरिय कृषि मेला प्रर्दशनी २०७९ सम्पन्न गरिएको छ ।

जिल्लाका सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रिदहमा पुस १५ र १६ गते बृहत जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी सञ्चालन गरिएको हो । ‘कृषि पर्यटन उद्योगमा विस्तार, समृद्ध रुकुम(पूर्व) को मुल आधार’ भन्ने नाराका साथ जिल्लामा दुई दिने कृषि प्रर्दशनी मेला सञ्चालन गरिएको हो ।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हुरेड कार्स नेपाल र युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर, मिक नेपालको संयुक्त आयोजनमा जिल्लामा कृषि मेला प्रर्दशनी २०७९ सञ्चालन गरिएको हो ।

जिल्लामा उत्पादन हुँदै आएको फलफूल बाली, खाद्यान्न, तेलहन, दलहन बाली, तरकारी, नगदे बाली, मसला बाली, मौरी, माछा र पशुपन्छि लगायतको प्रर्दशन मेलामा गरिएको छ । मेलामा प्रर्दशनको लागि ३५० बढी कृषकले नाम दर्ताका साथै कृषि सामाग्री प्रदर्शन गरेका थिए ।

जसमा उत्कृष्ट ११२ जना किसानलाई नगद र प्रमाणपत्रले पुरस्कृत पनि गरिएको छ । कृषिका बिभिन्न बिधामा उत्कृष्ट ७ जना कृषक लाई प्रथम पुरस्कार, ११ जना लाई द्धितिय पुरस्कार, १० जनालाई तृतिय पुरस्कारका साथै अन्य ८५ जनालाई सान्त्वना पुरस्कार वितरण गरिएको एकिकृत कृषि तथा पशुपक्षिं विकास कार्यालय कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनु भयो ।

उत्पादन हुदै आएका बिभिन्न बालीहरुको प्रदर्शनका साथै मेहनती किसानहरुलाई सम्मानका तथा हौसला प्रदान गर्ने उद्देश्यले कृषि मेलाको आयोजना गरिएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।

कार्यालयका प्रमुख बस्नेतको अध्यक्षता रहेको कृषि मेला समापन तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षहरु कृष्ण रेग्मी, होम प्रकाश श्रेष्ठ र पुणिराज घर्तिको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरुको आतिथ्यता रहेको कार्यक्रमको संचालन कृषि अधिकृत थलराज बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर