बबिता बस्नेत

महाभारत युद्धको करिब अन्तिम समयमा कृष्णले कर्णलाई उनको अन्तिम इच्छा बारे सोध्छन । कर्णले भन्छन, म कुमारी आमाको सन्तान भएकाले मेरो दाहसंस्कार पनि यस्तो कुमारी भूमिमा गरियोस जहाँ कुनै अपराध भएको नहोस ।

भनिन्छ, त्यस्तो भूमि भेट्न त्यतिबेलै पनि गाह्रो भएको थियो । मृत्यु पश्चात स्वर्गमा कर्णलाई खानामा सुन, हिरा, पैसा, मोती दिइयो । स्वर्गका राजा इन्द्रलाई उनले प्रश्न गरे, मलाई भोक लागेको छ सुन, हिरा, मोती, पैसा मैंले कसरी खानु? मलाई खाना किन दिइएको छैन? जबाफमा इन्द्रले भनें बाँचुन्जेल तिमीले मानिसहरुलाई सुन, हिरा, पैसा, मोती दान गर्यो कसैलाई पनि खाना दान गरेनौं ।

भोकाएका मानिस र पितृ भएका आफ्ना बंशजलाई भोजन दान गरेनौं त्यसैले तिमीले जे दियौ अहिले त्यही पायौ । पृथ्वीमा गएर १६ दिन बसी बंसज पितृलाई भोजन दान गर्ने सुझाब अनुरुप कर्णले १६ दिन सम्म पितृलाई संझिएर भोजन अर्पण गरे । पितृलाई अर्पण गरेपछि छाक टार्न गाह्रो भएका सर्बसारधारणलाई खाना खुवाए । सोही समय देखि पितृलाई संझिएर सोह्र श्राद्धको चलन सुरु भएको मानिन्छ । श्राद्धको दिन सकेसम्म बढि मानिसले खाना खाइदिए हुन्थ्यो भन्ने चाहना राखिन्छ ।

जीवन र मृत्यु दुबै अवस्थामा खाना र पानीको महत्व दर्शाउने सोह्र श्राद्ध आजबाट सुरु भएको छ ।

(बबिता बस्नेतको फेसबुक वालबाट)

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसपी ढकाल
२०७९ भदाै २५

गणेश सिर्पाली
२०७९ भदाै २५

बिनाराम खड्का
२०७९ भदाै २५