बिनाराम खड्का

आइतबार, कात्तिक १२, २०८०

मान्छहरू विकास हुँदै भएन भन्छन १ म जहाँ जान्छु त्यहीं विकासको झल्को देख्छु १ पहिले २ घन्टामा पैदल पुगिने माईली फुपुको घरसम्मै बाईकमा आधा घन्टामा पुगियो । घरसम्म बाटो पुगेको छ । खानेपानी छ । केन्द्रीय लाईनको विजुली छ । ठाउँठाउँ विकास क्रमिक रूपमा भईनै रहेको देखिन्छ । तर विकासको गति, गुणस्तरमा सुधार जरूरी छ ।

विदेशजस्तो उच्च स्तरीय र तिव्र विकास भएन होला तर प्रारम्भिक रूपमा क्रमिक विकास हुंदैछ । भईरहेको छ ।

सिम्रुतुसम्म राप्ती लोकमार्ग त्यसपछि पहिलो मोडक‍ो घुम्तीबाट बायाँ लाग्दा अर्को कच्ची सडक । उक्त सडक सिम्रुतु खारखोला पुर्णखारा खुम्चेरी डल्सिङ्गे रोल्पा रूकुमको सिमाना पाछाबाङ्ग बागमारा रोल्पा सहिद मार्गमा जोडिन्छ ।

उहिले खाराबाट बागमारा जान बिहान सात बजे हिडी झोलामा भुटेका मकै सहित ननस्टप तिव्र गतिमा हिड्दा बेलुका ८ बजे पुगिन्थ्यो । १४ घन्टाको पैदल बाटो अहिले बाईकमा ३र४ घन्टामा घटेको छ । उतिखेर बाटामा कतै पनि होटल हुदैनथे । 

(बिनाराम खड्काको फेसबुकबाट)

bianaram status1698588651.png

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसपी ढकाल
आइतबार, कात्तिक १२, २०८०

गणेश सिर्पाली
आइतबार, कात्तिक १२, २०८०

तकसेरा - पृथीछक बुढा
आइतबार, कात्तिक १२, २०८०

तारा प्रसाद ओली
आइतबार, कात्तिक १२, २०८०