नेभिगेशन
समाज

फुटेको पाइपको पानीले गुजारा चलाउँछन जनता

रुकुम पश्चिम / रुकुम पश्चिमका दुई वटा पालिकामा जोडिएको खानेपानी योजना वर्षाे सम्म पनि पुरा हुन सकेको छैन । जिल्लाको चौरजहारी नगरपालिकाको वडा नम्बर ११ मा रहेको पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानीको नयाँ योजना पुरा हुन सकेको छैन ।

उक्त खानेपानी योजना चौरजहारीका १३ र १४ नम्बर वडा र सानीभेरी गाउँपालिकाको माथिल्लो बस्ति तिमीले चिन्तु विद्यालय सम्म आर्थिक वर्ष २०७२ ०७३ मै विस्तार भएपनि स्थानियलाई पानीको अभाव थियो ।

पछि उक्त योजनालाई थप सुधार गर्ने र प्राप्त मात्रामा खानेपानी पुर्याउने लक्ष्य सहित चौरजहारी नगरपालिकाले सौर्य सिस्टम मार्फत जिया पाइप र मोटर सम्म थप गरेर कुल १ करोड बराबरको लगानी गरेको छ भने कर्णाली प्रदेश सरकारले पनि ३० लाख लगानी गरेको छ । उक्त रकम सवै खर्च भैसक्दा पनि खानेपानी व्यवस्थित हुन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर केसीको भनाइ रहेको छ ।

अहिले मोटरले खानेपानीको मुहानबाट लेकसम्म प्रति सेकेन्डमा ५र६ लिटर पानी फाल्ने गरेपनि पानीलाई व्यवस्थित गराउन अझै २० mm को पाइप करिव ८ देखि १० हजार मिटर सम्म आवश्यक परेको समितिका सचिव खडक ओलीले बताउनुभयो ।

भौगोलिक अवस्थामा रहेको बस्तीका १५० घरधुरीले पुरानो टुटे फुटेको पाइपबाट सञ्चालन भएको पानीको प्रयोग गरेपनि नयाँ योजनालाई व्यवस्थित गर्न नगरापालिकाले पहल गरेपनि आर्थिक अभावका कारण समस्या भएको चौजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताउनुभयो । 'हाम्रो पालिकाले जति सानीभेरी गाउँपालिकाले पनि सहयोग गरिदिएको भए योजना बेलैमा सम्पन्न हुने थियो'- नगर प्रमुख शर्माले भन्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर