नेभिगेशन
घटना/दुर्घटना

मुसिकोटको साधनचौरमा अटो र मोटरसाईकल ठोक्किँदा तीन जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१३ साधनचौरमा अटो र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । 

मध्यपहाडी सडकखण्डमा बुधबार बेलुका खलंगाबाट सिम्लीतर्फ जाँदै गरेको अटो र मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाईते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका -३ निवासी सुवर्ण पुन मगरले चलाएको लु.प्र.०२-००१ ह २३७१ नम्वरको अटो दाहिनेतर्फ मोड्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको मोटरसाईकलसँग ठोकिएको हो । त्रिवेणी गाउँपालिका -१० निवासी २३ वर्षीय महेश ओलीले चलाएको रा ६ प ८५३४ नम्वरको मोटरसाईकल र अटो ठोकिन जादाँ दुर्घटना भएको हो । 

दुर्घटनामा परेरु तीन जना घाईते हुनुभएको छ । घाईते हुनेहरुमा मोटरसाईकल चालक ओली र मोटरसाईकलमा सवार त्रिवेणी गाउँपालिका १० निवासी २४ वर्षका लक्ष्मण ओली रहनुभएको छ ।

चालक ओलीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको छ भने मोटरसाईकल पछाडी सवार ओलीको बायाँ हात र खुट्टामा चोट लागेको छ । त्यसैगरी अटो चालक पुनको शरिको विभिन्न भागमा चोट लागेको छ ।

तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । तीनै जना घाईतेको अवस्था मध्यम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना