नेभिगेशन
घटना/दुर्घटना

रुकुममा माईतबाट फर्कदै गरेकी एक महिलालाई ईभी भ्यानले ठक्कर दिँदा गम्भीर घाइते, चालक फरार

रुकुम पश्चिममा ईभी (विद्युतीय) भ्यानको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते हुनुभएको छ। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आज ( सोमवार) साँझको बेला त्रिवेणी गाउँपालिका–१० भैराथानस्थित भित्री सडक खण्डमा सोलाबाङबाट नुवाकोटतर्फ जाँदै गरेको बा.प्र.०५–००१ ज ०३८९ नम्बरको ईभी भ्यानले पैदलयात्रीलाई ठक्कर दिएको हो। त्रिवेणी गाउँपालिका–८ निवासी ६५ वर्षीया काली बिटालुलाई ठक्कर दिएको हो।

उहाँ माईतबाट घरतर्फ फर्कने बेला भ्यानले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएकी बिटालुलाई नुवाकोट प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीले उद्धार गरी तत्काल जिल्ला अस्पताल सल्लेमा ल्याएको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक फरार भएकाले खोजी कार्य जारी रहेको छ। प्रहरीले ईभी भ्यान र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको

छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना