नेभिगेशन
घटना/दुर्घटना

छिवाङमा जिपको ठक्करबाट दुई पैदल यात्री घाईते

रुकुम पश्चिममा जिपको ठक्करबाट दुई जना घाईते भएका छन् । 

आज बिहान मुसिकोट नगरपालिका १३ छिवाङस्थित मध्यपहाडी राजमार्गमा जिपले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्ष झविन्द्र परियारका अनुसार आठबिसकोटबाट खलंगातर्फ आउँदै गरेको रा १ ज ८३१ नम्वरको जिपले ठक्कर दिँदा बालकसहित दुई जना घाईते हुनुभएको हो । 

घाईते हुनेहरुमा मुसिकोट नगरपालिका १३ छिवाङ निवासी ७२ वर्षीय बमबहादुर खड्का र उहाँको ५ वर्षीय नातीनि आकांक्षा ओली रहेको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक परियारले अनियन्त्रित अवस्थामा रहेको जिपले तरकारी बेच्न जाँदै गरेका पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाईते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । जिपमा रहेका चालकसहित पाँच जना भने सकुशल रहेका छन् । 

अनियन्त्रित जिपले पैदल यात्रुलाई ठक्कर दिएपछि जिप सडक देखि १० मिटर तल खसेको छ । जिप चालकको नाम थर नखुलेको र फरार रहेकोले खोजी कार्य भईरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना