नेभिगेशन
घटना/दुर्घटना

तिन सय बढि ग्याँस सिलिण्डर बोकेर डोल्पा जाँदै गरेको ट्रक रुकुममा दुर्घटना

तिन सय बढि ग्याँस सिलिण्डर बोकेर डोल्पा जाँदै गरेको ट्रक रुकुममा दुर्घटना 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगार्ड खोला नजिक भेरी करिडोर सडक खण्डमा ग्याँस सिलिण्डर बोकेको मिनि ट्रक दुर्घटना भएको छ । उक्त ट्रक खोलामा पल्टिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार आज (बिहीबार) दिउँसो करिब ४:३० बजेतिर नेपालगञ्जबाट ग्याँस सिलिण्डर बोकेर डोल्पातर्फ जाँदै गरेको लु.प्र.०३–००१ क ००४१ नम्बरको ट्रक दुर्घटनामा परेको हो।

उहाँका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–३ निवासी अन्दाजी २५ वर्षीय टेकबहादुर बुढाले चलाएको ट्रक सडकको लिकभन्दा बाहिर टायर गएपछि चालक साइडतर्फको खोलामा पल्टिएको थियो।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । प्रारम्भिक विवरण अनुसार ट्रकमा ३२० ग्याँस सिलिण्डर लोड गरिएको थियो। तीमध्ये करिब ७ देखि ८ वटा सिलिण्डर खोलामा बगेको बुझिएको छ। घटनास्थलमा प्रहरी पुगेको छ भने थप अनुसन्धान अगाडी बढाएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना