नेभिगेशन
घटना/दुर्घटना

काठमाडौं जाँदै गरेर जिसस रुकुम पश्चिमको गाडी दुर्घटना 

रुकुम पश्चिमबाट काठमाडौ जाँदै गरेको एक सरकारी गाडी दुर्घटना भएको छ । 

जिल्ला समन्वय समिति रुकुम पश्चिमको स्कार्पियो आज बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ घोरखानीस्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार यात्रुबाहक बसले सरकारी स्कार्पियोलाई ठक्कर दिएको हो । ठक्करबाट दुवै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

प्रहरीका अनुसार बिहान करिब ७ः३० बजे रुकुम पश्चिमको खलंगाबाट काठमाडौंतर्फ जाँदै गरेको जिल्ला समन्वय समिति रुकुम पश्चिमको क.प्र.०२–००१ झ ००९२ नम्बरको सरकारी स्कार्पियोलाई विपरीत दिशाबाट काठमाडौंदेखि चौरजहारीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५१८७ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको हो। 

दुर्घटनामा स्कार्पियोको अगाडिको मडगार्ड, बम्पर, हेडलाइट तथा चालकतर्फको ढोकामा क्षति पुगेको छ। बसको दाहिनेतर्फ अगाडिको भागमा सामान्य स्क्रेच लागेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला बसमा चालकसहित २२ जना र स्कार्पियोमा ४ जना सवार थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना