नेभिगेशन
घटना/दुर्घटना

रुकुम पश्चिमको डाँगी मोडमा फोर्स गाडी दुर्घटना, सात जना घाईते

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -६ डाँगीमोड स्थित राप्ती राजमार्गमा यात्रुबहाक फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर सात जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार शुक्रबार (आज) बेलुका साढे सात बजेको समयमा दाङको तुलसीपुरबाट रुकुम पश्चिमको  मुसिकोट खलंगातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्वरको फोर्स गाडी दुर्घटना भएको हो ।

गाडी अनियनत्रित भई सडकमा पल्टिदा उक्त फोर्समा सवार चालकसहित ७ जना घाईते भएको डिएसपी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेहरुलाई उपचाराको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईदै छ ।

घटनास्थलमा प्रहरी चौकी झुलनेटाबाट प्रहरी सहायक निरीक्षक भुप बहादुर बोहरा  र प्रहरी चौकी सिम्रुतबाट प्रहरी सहायक निरीक्षक कमल बटालाको नेतृत्वमा प्रहरी टोली खटिएको छ । घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना