नेभिगेशन
घटना/दुर्घटना

रुकुमबाट डोल्पा जाँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाईते

रुकुम पश्चिमबाट डोल्पा जाँदै गरेको जीप दुर्घटना भएको छ ।

रुकुमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिका –१ भोटतर्फ जाँदै गरेको जीप आज (सोमबार) साँझ दुर्घटना भएको हो । 

कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्वरको जिप दुर्घटना हुँदा नौ जना घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि रुकुम पश्चिमको आठबिसकोटस्थित नगर अस्पतालमा ल्याईएको छ । आठबिसकोट नगरपालिकाका प्रहरी सहायक निरीक्षक (असई) टोपबहादुर ओलीका अनुसार घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको छ ।

घाईते हुनेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ निवासी १७ वर्षीय महेश मल्ल, आठबिसकोट ६ का १६ वर्षीय गणेश बोहरा, डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका १ निवासी ४२ वर्षीय पञ्चराम रोकामगर, सोहि स्थान निवारी १६ वर्षीय प्रविण रोकामगर र मुड्केचुला ३ निवासी २६ वर्षीया अन्जिता सिंह शाही रहेको नगर प्रहरी असई ओलीले जानकारी दिनुभयो । 

त्यसैगरी दुर्घटनामा परेर जाजरकोटको भेरी नगरपालिका १ निवासी २० वर्षीया उर्मिला राना, भेरी नगरपालिका १२ निवासी १८ वर्षीया सम्झना बुढा, नलगाड नगरपालिका १२ निवासी १९ वर्षीय अबिन शाही र वडा नम्वर १३ निवासी १८ वर्षीय सुर्य मल्ल घाईते हुनुभएको छ । 

घाईतेहरु मध्य अन्जिता सिंह शाहीको अवस्था गम्भिर रहेको छ । उहाँलाई थप उपचारका लागि नेपालगञ्जतर्फ लिईएको छ । जीप चालक आकाश शर्मा सम्पर्कमा नरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भईरहेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना