नेभिगेशन
घटना/दुर्घटना

रुकुममा ट्याक्टरले ठक्कर दिँदा सडक छेउमा खेलिरहेका बालकको मृत्यु 

रुकुम पश्चिममा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । 

आज दिउँसो सानीभेरी गाउँपालिका ७ सहरेस्थित मध्यपहाडी राजमार्गमा रा १ त ४८७१ नम्वरको को ट्र्याक्टरले बालकलाई ठक्कर दिएको हो । सानीभेरी गाउँपालिका ७ निवासी रेशम बुढाथोकीको ५ वर्षको छोरा रिहान बुढाथोकीलाई ठक्कर दिएपछि बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले दिनुभएको जानकारी अनुसार मध्यपहाडी राजमार्गमा गिठाकोटबाट सिम्लीतर्फ बालुवा लोड गरी आउँदै गरेको ट्याक्टरले सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए ।

बालकको टाउकोमा चोट लागेको थियो । तत्कालै उपचारको लागि सानीभेरी गाउँपालिका अस्पतालमा लिईएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी जनाएको छ । 

प्रहरीले ट्याक्टर चालक दाङको तुलसीपुर उपमहानगरपालिका १२ कचेरी निवासी २५ वर्षीय रमेश चौधरी र सहचालक रुकुम पश्‍चिमको सानीभेरी गाउँपालिका ७ फुक्रु बस्ने १७ वर्षीय नवराज पुनलाई नियन्त्रणमा लिएको छ । 

बालकको शव गाउँपालिका अस्पतालमै रहेको बताईएको छ । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको कमाण्डमा ८ जनाको टोली खटिएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्