नेभिगेशन
घटना/दुर्घटना

माछिमिमा मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ माछिमिमा मोटरसाईकलले ठक्कर दिँदा एक बालक घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार दिउँसो मध्यपहाडी राजमार्गस्थित माछिमिमा सानीभेरी गाउँपालिकाको सिम्लीबाट खलंगातर्फ आउदै मोटरसाईकलले सडक छेउमा खेलीरहेका बालकलाई ठक्कर दिएको हो । ठक्करबाट सोहि स्थान निवासी सुशिल खड्काका ३ वर्षीय छोरा बिपिन खड्का घाईते भएका हुन् ।

बाँफिकोट गाउँपालिका ६ मग्मा निवासी २४ वर्षीय बर्षात बिकले चलाएको लु. प्र. ०२ ००१ प ९२२८ नम्वरको मोटरसाईकलले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

घाईते बालकलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा भर्ना गरिएको छ । उनको टाउकोमा चोट रहेकोले अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । 

प्रहरीले चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्