नेभिगेशन
घटना/दुर्घटना

रुकुम पश्चिममा अटो र गाडी ठोक्किदा चार जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४ स्थित राप्ती राजमार्गमा यात्रुबहाक अटो र गाडी ठोक्किदा दुर्घटना भएको छ । 

शनिबार दिँउसो बोहरागाउँ र सोलाबाङको बिचमा फोर्स गाडी र अटो ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दाङबाट रुकुम पूर्वको लागि आईरहेको बा. प्र. ०६-००१ ख ०१४६ नम्वरको फोर्स गाडी र खलंगाबाट सोलावाङतर्फ जाँदै गरेको लु.प्र. ०२-००१ ह १३७८ नम्वरको अटो सोलावाङ नजिक सालघारीमा ठोक्किएका हुन् ।

दुर्घटनामा परेर चार जना घाईते भएका छन् । घाईतेहरुलाई तत्काल उद्धार गरेर उपचारको लागि जिल्ला अस्पताल सल्ले लिईएको छ । घाईतेहरुको विवरण प्राप्त हुन बाँकि रहेको छ ।

अटो सडकबाट करिब ३० मिटर तल खसेको छ । अटोमा ८ जना सवार रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना