नेभिगेशन
घटना/दुर्घटना

ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा एक बालक घाईते

रुकुम पश्चिमको चौरजहारीमा ढुङ्गा लोड गर्ने क्रममा एक बालक घाईते भएका छन् । 

बिहिबार दिउँसो चौरजहारी नगरपालिका १ बाँसखोलास्थित भेरीनदिमा ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा सोही वडा निवासी १४ वर्षीय रवि बादी घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार भे १ त ५६३३ नम्वरको ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा रविलाई चोट लागेको हो । रविले ढुङ्गा लोड गर्ने बेला हातबाट फुत्किएर आफ्नै छाती र टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । 

रविका दाई २२ वर्षीय अनिल बालीले सो ट्याक्टर चलाएका थिए । घाईते रविलाई उपचारको लागि चौरजहारी अस्पतालमा ल्याईएको छ । उनको अवस्था मध्यम रहेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना