नेभिगेशन
घटना/दुर्घटना

सडकमा खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिँदा घाईते

रुकुम पश्चिमको चौरजहारीमा ट्याक्टरले ठक्कर दिँदा एक बालक घाईते भएका छन् । 

चौरजहारी नगरपालिका १० डाँगीगाउँ निवासी डिल्ली डाँगीका छोरा ९ बर्षीय सुन्दर डाँडी घाईते भएका हुन् । प्रहरीका अनुसार आज दिउँसो १ बजे भे १ त ९६६० नम्वरको ट्याक्टरले बालकलाई ठक्कर दिएको थियो । 

सडकमा खेलिरहेको अवस्थामा ट्याक्टरको बायाँ साइडको ठुलो टायरमा ठोकिन गएका बालकको दाहिने हात, कम्मर र दाहिने तिघ्रामा भित्री चोट रहेको छ । घाइते बालकलाई नगर अस्पताल खोलागाउँमा उपचारको लागि लिइएको र त्यहाँ बाट थप उपचारको लागि  नेपालगन्ज रिफर गरिएको छ। घाईते बालकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले चालक सल्यानको कुमाख गाउँपालिका १ थारमारे बस्ने १८ बर्षीय विवश चन्द र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना