नेभिगेशन
घटना/दुर्घटना

डोल्पाबाट रुकुम आउँदै गरेको जीप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्वर ३ मा पर्ने मालुवाकुना नजिकै जीप दुर्घटना भएको छ। 

आज (मंगलबार) साँझ करिब ६ बजे भएको जीप दुर्घटनामा परेर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बा १७ च ३९७० नम्बरको बोलेरो जीप मुड्केचुलाको खर्क देखि रुकुम पश्चिमको त्रिवेणी आउदै गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा परि डोल्पाको मुड्केचुला गाउँपालिका -१ भोट गाउँ घर भइ हाल त्रिवेणी बस्दै आएका जीप चालक बर्ष २३ का सलमान रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ सडकबाट करिब ४० मिटर तल भेरीमा खसेको छ। उक्त जीपमा चालक मात्र रहेको प्रहरीको भनाइ छ । मृतक रोकायाको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल दुनैतर्फ लगिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना