नेभिगेशन
घटना/दुर्घटना

रुकुमबाट बिरामी बोकेर दाङ जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, तीन जना घाईते 

रुकुम पूर्वको रुकुमकोटबाट बिरामी लिएर दाङ जाँदै गरेको जीप आज बिहान सल्यानका दूर्घटना भएको छ। दुघर्टनामा परेर चालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । 

सल्यान प्रहरीका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा सिस्ने गाउँपालिका–४ अमलाचौर निवासी ३० वर्षीय विजय विक रहेका छन् ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा रूकुम पुर्व सिस्ने गाउँपालिका २ की २२ बर्सिया की सुश्मि रोका, उहाँकी २ वर्षीया छोरी सफलता केसी र सिस्नेकै वडा नम्बर ४ निवजासी ३८ वर्षीया ललिता केसी रहेको सल्यान प्रहरीले जनाएको छ । 

सुश्मीको निधार र खुट्टामा चोट लागेको छ । उहाँकी छोरी सफलताको निधारमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते केसीको शरीरमा बिभिन्न भागमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।

उनीहरूलाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको छ । जीप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीप आफै अनियन्त्रित भएर दुर्घटना भएको र थप अनुसन्धान भईरहेको प्रहरीेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्