नेभिगेशन
घटना/दुर्घटना

रुकुममा सडक खन्दाखन्दै पल्टियो जेसिबी : सह चालकको मृत्यु, चालक फरार

रुकुम पश्चिमको बाँफिकोट -७ भम्पुमा जेसिबी दुर्घटना हुँदा सह- चालकको घटनास्थलमै मृत्यु भएको छ । 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ को नदुवादेखि झारमारे जोड्ने भित्री सडक खण्डमा काम गर्ने क्रममा आज बिहान रा १ क १४०२ नम्बरको जेसिबी दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार मृत्यु हुनेमा जेसिबीका सह-चालक बाँकेका २८ वर्षिय भगिराम चौधरी रहेका छन्। चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

जेसिबी चालक आठबिसकोट नगरपालिका १ का ४५ वर्षीय बले कामी भने फरार रहेका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । 

जेसिबी सडकदेखि ५ सय मिटर तल खसेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना