गजल - दिपशिका ओली

शनिबार, जेठ ५, २०८१

गजल

  •  दिपशिका ओली

सम्झन चाहेनौ तिमीले कहिले पनि
सोही निर्णय गरिसके अब मैले पनि ।

आमाबाले जबर्जस्ती डोली चढाइदिए
हुन्छ, जाउ बुनु भन्दियो दाजैले पनि ।

घर जलेको सेल्फी र लाइभ देखाए सबैले
मानवता देखाएनन् छिमेकी कसैले पनि ।

आत्मिए सम्झी विश्वास र मुटु साटेकी हुँ
दुनियाँझैँ हर्कत देखाइस् साथी तैले पनि  ।    
              

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : अधुरो प्रेम
शनिबार, जेठ ५, २०८१

कविता : म पनि हिँडे साथी !
शनिबार, जेठ ५, २०८१

कविता : म त्यो नारी !
शनिबार, जेठ ५, २०८१