जमुनाको 'कयौं वचन' बजारमा (भिडियोसहित)

शनिबार, वैशाख १, २०८१

गजलकार जमुना गौतम जानुको गिति गजल 'कयौं वचन' बोलको गित बजारमा आएको छ । 

शनिबार जमुना गौतम जानु युटुब च्यानल मार्फत उक्त भिडियो गित सार्वजनिक भएको हो । 

कयौ वचन थामिराखे यो गलामा मैलेपनि
उहि व्यवहार गर्न सक्थे बदलामा मैलैपनि ...

गजलकार गौतमको शब्द रहेको यस गितमा राज सागरको स्वर र संगित रहेको छ । यस गितको म्युजिक एरेन्ज बिशाल गुरुङले गर्नुभएको छ भने दिप घटनीले निर्देशन गर्नुभएको छ । 

रुकुम पूर्वको रुकुमकोट निवासी गजलकार गौतम राप्ती साहित्य परिषद रुकमु पूर्वको अध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्