नेभिगेशन
गीत/संगीत

रुकुम पश्चिमका सिडियो थानीको राष्ट्रभक्ति गीत बजारमा (भिडियोसहित)

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीको स्वर, संंगीत र अभिनय रहेको राष्ट्रभक्ति भिडियो गीत सार्वजनिक भएको छ । 

‘सयौथरी फूलहरुको’ बोलको गीत बिहिबार दिनेश थानी युटुब च्यानलबाट सार्वजनिक भएको हो । सुनिता पराजुलीको शब्दमा तयार गरिएको यो गीत राष्ट्रभावबाट प्रेरित रहेको छ । 

सयौथरी फूलहरुको एउटै माला गाँस्न पाउँ
जहाँ रहुँ संसारमा नेपाली भई बाँच्न पाउँ, नेपाली भई हाँस्न पाउँ ...

गीतमा नेपाल र नेपालीप्रति समानता, माटोको माया, नेपालीपनको एकता उजागर गर्ने सन्देश प्रवाह गरिएको छ । यसका साथै सबै नेपाली बराबरी रहेको, कोही सानो ठुलो नरहेको, भाषा र धर्म फरक भएतापनि सबै नेपाली नै रहेको भाव प्रकट गरिएको छ ।  

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट आसपासका सुन्दर क्षेत्रहरुमा छायांकन गरिएको भिडियो घनश्याम खड्काले खिच्नु भएको हो । यस गीतमा थानीको मुख्य अभिनय रहेको छ भने जनदिश चन्द्र हमाल र नेवबहादुर रानाको समेत अभिनय रहेको छ । हमाल सशस्त्र प्रहरी नायब उपरिक्षक हुनुहुन्छ भने राना प्रमुख अनुसन्धान अधिकृत हुनुहुन्छ । 

सिभिल ईन्जिनियरबाट प्रशासन क्षेत्रमा प्रवेश गर्नुभएका सर्जक तथा प्रशासक थानीका  यसअघि ‘नजर नजरमै’, ‘साँझ पख’ लगायतका गीतहरु सार्वजनिक भएका छन् । 

भिडियो ...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गीत/संगीत