गजल - विकास खड्का

शनिबार, फागुन १९, २०८०
  • विकास खड्का

               गजल

तिमीले सम्झेको बेला भईहाल्छु
म तिम्राहरुसँग भेला भईहाल्छु ।

राखेर हिँडिरहे छातीमा रङ्गमञ्च
कसै न कसैको खेला भईहाल्छु ।

मिलाएर कोरे उनको भाग्यरेखा
म छँदैछु एक हत्केला भईहाल्छु ।

नपरोस् आमाको आँखामा धुलो
बरु हरक्षण म परेला भईहाल्छु ।

तिमी हुँदा सबैकी प्रिय जो थियौ 
म हुँदा त सबैको हेला भईहाल्छु ।

बेचेर एकपटक आफू आफैँलाई
कसैको श्रमको जेला भईहाल्छु ।

- सानीभेरी गाउँपालिका -१ बुकिचौर, रुकुम पश्चिम । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : अधुरो प्रेम
शनिबार, फागुन १९, २०८०

कविता : म पनि हिँडे साथी !
शनिबार, फागुन १९, २०८०

गजल - दिपशिका ओली
शनिबार, फागुन १९, २०८०

कविता : म कस्को मुख हेर्ने आमा ?
शनिबार, फागुन १९, २०८०