अन्तिम बेन्चको अहंकार (कविता)

बिहीबार, माघ २५, २०८०
  • बद्रीनाथ गैह्रे

तिमी अन्तिममा बस्यौ 
त्यहि भएर कम सुन्ने बढि बोल्ने भयौ
न जनताका आवाज सुन्यौ न हाम्रा गुनासा
केवल एकोहोरो पस्किरह्यौ बेथितिका तमासा ।

हामी अगाडि बस्यौं 
कम बोल्ने बढि सुन्ने बानी बस्यो
सुनिएकै छ तिम्रा कचकच, जनजनका आवाज
नपुगेर अझै कति गर्छौ अनावश्यक दवाव ।

पदले हैन मान्छे कर्मले ठूलो हुन्छ
अस्थायी अहंकारले कति दिन चुलो बल्छ ?
हामीलाई यहि स्थायी सेवा प्यारो छ
केवल तिम्रै व्यवहार तगारो छ ।

हामी विना एकदिन टिकेर देखाउ
छलकपट कतिदिन बिक्छ बिकाउ
यस्तै पाराले बन्दैन मेरो देश
राम्रोलाई सम्मान गर्ने हुनुपर्यो परिवेश ।

हो हामीमा नि कमजोरी छ, दुराचार छ
त्यसमा नि तिम्रै असक्षमताको आधार छ
सबै मिलि पखालौं विकृतिका लेऊ
काम गर्नेलाई गर्ने वातावरण बनाईदेऊ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : म त्यो नारी !
बिहीबार, माघ २५, २०८०

कविता : प्रिय सडक !
बिहीबार, माघ २५, २०८०

 गजल : जनक रावत 'अनुराग'
बिहीबार, माघ २५, २०८०