बा, तिमी आएनौ (कविता)

शनिबार, माघ १३, २०८०

भर्खर जन्मेको थिए 
तिमी मेरो लागि लड्यौ
विस्तारै अघि बढेको थिए 
तिमी भने भएनौ ।
ठुलो भए, विवाह गरे अनि जिम्मेवारी दियौ 
सम्हालिएर केही गर्न खोजे
तर, बा तिमी आएनौ ।

पढ्न जा छोरा भनेर लखेटि लखेटि पठायौ
मैले सकि नसकि पढे 
सानैमा आमाले छोडिन् 
तिमीले पनि छोड्यौ 
कहाँ गयौ ? के गर्छौं ?
बा, तिमी अब आउँदनौ ? 

म सबैको भलो चिताउँछु
मलाई भने हेला गर्छन् !
कुन जुनीको पाप होला बा ?
म बाआमा बिनाको भए  
मलाई  बिचमै छोडेर गएका तिमी ?
आउछौ कि भन्ने आशा लागिरहन्छ ।

बा तिमी गयौ, आएनौ ।
घर बनायौ, सँगै बसौला भनेर 
म तिम्रो एक्लो छोरा
मलाई सहारा चाहिएको बेला
बाबू भन्दिने कोई छैन 
बिर्सन खोजु, सम्झना ज्यादा हुन्छ 
कार्तिक १७ काे राति झण्डै सबै बिगारे थियो
घर भत्कियो, गोठ भत्कियो
शौचालय ढल्यो 
अझ पनि तिमी आएनौ बा !

साहुको ऋण म कसोरी तिरु
छोराछोरीको काँध कसोरी भिरु 
विपद्ले पनि एक्लो बनायो
कर्मले पनि दिक्क बनायो 
यस्तो बेला पनि
बा, तिमी आएनौ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्