खाबाङमा दोस्रो साहित्य महफिल भव्यताका साथ सम्पन्न

आइतबार, मंसिर १७, २०८०

रुकुम पूर्व । भूमे गाउँपालिकाको कार्यालय खाबाङमा दोस्रो साहित्य महफिल, २०८० भव्यताका साथ सम्पन्न भएको छ । “भाषा‚ साहित्य‚ कला र संस्कृती : जीवन र जगतको समृद्धी” भन्ने नाराका साथ सञ्चालित महफिल शनिबार सम्पन्न भएको हो ।

राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भूमे गाउँपालिकाको आर्थिक सहयोगमा महफिल सम्पन्न भएको हो ।

महफिलमा ख्याती प्राप्त साहित्य सर्जकहरुले आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो । कविहरु रामेछापका विक्रम पवन परियार‚ रुकुम पूर्वका कर्मसही घर्ती मगर‚ कास्कीका अमृत क्षेत्रीले कवितामार्फत दर्शक, स्रोता र अतिथीहरुको मन खिच्न सफल हुनुभएको थियो ।

गजलकार दैलेखका महेन्द्र चन्द महासागर र मुक्तककारहरु रुकुम पश्चिमका दिनेश आदिव‚ रुकुम पूर्वकी बिना गौतमले गजल र मुक्तकका माध्यामबाट दर्शकरस्रोता र अतिथीहरुलाई आफुहरुतर्फ आकर्षण गर्नुभएको थियो ।

गत वर्ष सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा रुकुमकोटमा प्रथम साहित्य महफिल, २०७९ सम्पन्न भएको थियो । आगामी वर्ष महफिल संचालनको लागि राप्ती साहित्य परिषदले पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पूनीराज घर्तीलाई कार्यक्रमकै बिचमा सहयोगको लागी आग्रह गर्दै प्रस्तावना पत्र पनि पेश गरिएको छ । उहाँले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

387482173_1010358783377890_7522040861160304480_n1701614395.jpg

महफिलकै क्रममा राप्ती साहित्य परिषदले निकालेको सिर्जना संगमको पनि विमोचन गरिएको छ । महफिलकै बिचमा कविता प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । १२ जनाले प्रतिस्पर्धा गरेको कविता प्रतियोगितामा भूमे गाउँपाललिका ८ का  सितल बुढाले प्रथम स्थान हासिल गर्नुभएको थियो । 

यस्तै भूमे गाउँपालिकाकी रमिता रसाइलीले दित्तीय स्थान हाँसिल गर्दा सिस्ने गाउँपालिकाका क्रमशः अमृता शाह र टीका केसी तृतीय र सान्तवना स्थान हासिल गर्नुभएको छ । उहाँहरुलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गरिएको छ । कार्यक्रममा साहित्यमा योगदान पुर्याएका व्यक्ती तथा संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरएको छ । कार्यक्रममा स्थानीय साहित्यिक श्रष्ठाहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिङ डाँगीको अध्यक्षतामा भएको महफिलमा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उपप्रमुख मोहनबहादुर केसी‚ भूमे गाउँपालिका  अध्यक्ष होम प्रकाश श्रेष्ठ‚ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पूनीराज घर्तीको विशेष आतीथ्यता रहेको थियो । 

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको महफिल कार्यक्रमको संचालन सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : म त्यो नारी !
आइतबार, मंसिर १७, २०८०

कविता : प्रिय सडक !
आइतबार, मंसिर १७, २०८०

 गजल : जनक रावत 'अनुराग'
आइतबार, मंसिर १७, २०८०