कविता : म, तिमी र प्रेम 

शुक्रबार, कात्तिक १७, २०८०
  • विद्याश्री सिंह

खै ! के लिएर आएका छौँ तिमी ?
खै ! के लिएर जानू छ तिमी लाई ?
यत्ति भन्छु,
मेरा अञ्जुलीहरु संग अब अपेक्षाहरु बोक्नसक्ने सामर्थ्य छैन।
म चाहान्न तिम्रा आँखा हरुले पनि आँसु बोक्ने रहर पालोस।

तिमीले एकहोरो मलाई नियालेका
आँखा हरु पढेर यत्ति भन्नसक्छु
तिम्रा मुस्कुराइरहेका आँखा 
आँखा मा मुस्कुराइरहेका रहरहरु
 भन्दा सुन्दर छैन 'म'
तिमिलाई  अझै सुन्दर लागेको 'प्रेम' त झनै सुन्दर छैन।
प्रेमले त आँखा मा प्रश्न बोकाउछ प्रश्नहरुमा छट्पटी बोकाउछ१
मलाई प्रेममा छट्पटी मन पर्दैन
मलाई लाग्छ, प्रेम अप्ठ्यारो हुनुहुन्न
त्यसैले म अप्ठ्यारो छु प्रेम गर्नका लागि 

तिम्रो धड्कनको गति सुनेर यति बुझ्नसक्छु
निक्कै  कोमल छौ तिमी 
तिमिलाई बिझाउन सक्छ मेरो प्रेमले
'म' त तिमी रुदा, नरोउ पनि भन्न सक्दिन
मलाई लाग्छ रुने हरु धित मरुन्जेल रोउन 
आँखा मा कुनै तस्वीर बाकी नराखी 
छाती मा कुनै दुखाइ बाकी नराखी

सुन
तिमी पनि मलाई हेरेर नमुस्कुराउनु 
बरु तिमिले आफैलाई हेर्दा,
 तिम्रो आँखा मा आँसु नहोस् आफू लाई सधैं त्यसरी हेर्नू१

म कहिल्यै बाध्ने छैन अङ्गालो  तिमी लाई 
बरु छेवैबाट हेरिरहनेछु,
 तिमी दौडिएको,
तिम्रा रहरहरु फक्रीएको
खुशीहरु मौलाएको 
विचारहरु बोली रहेको 
प्रेमीहरुको अङ्गालोमा च्यापिएर
बन्धनको पासोमा सुर्किएर 
मर्नुहुन्न कसैकापनी बोलीहरु 

म प्रेममा वाचाहरु गर्दिनँ 
म बाचा गरेर प्रेम गर्दिनँ 
म प्रेमकै लागि पनि ुप्रेमु गर्दिन
जो बाट म केही चाहान्न
जसबाट म उसलाई पनि माग्दिन 
उहीँ  'प्रेमी' हो मेरो 

जहाँ,
म पोखिएर रित्तिन्न
फक्रीएर मुर्झाउदिन 
 हराएर रमाउन सक्छु
रमाएर हराउन सक्छु
निस्फिक्री हास्न सक्छु
निर्धक्क रुन सक्छु
त्यहीँ हुन्छ 'प्रेम' मेरो 

मलाई  स्वीकार्य छैन 
प्रेमले साइनो जन्माओस
साइनोले बन्धन जन्माओस
बन्धनले कसिदिओस मेरो 
आत्मविश्वासको घाँटी 
अनि मेरो हुर्किदै गरेका 
सपनाहरू अनाथ बनुन !

तिमी मेरो हुन चाहान्छौ ?
चाहान्छौ म तिम्रो भैदिउ ?
तर हेर,
मलाई अस्तित्व बाडेर बाच्न मनपर्दैन।
तिमिले देखेको आवरण मात्रै होइन म
यो आवरण संग आत्मा छ।
तिमिले सुनेको ध्वनि मात्रै होइन म
यो ध्वनि संग विचार छ।
तिमिले नदेको ुमु पनि छु म संग 
तिमिलाई आकर्षक लागेको  म संग
तिमिलाई अप्ठ्यारो लाग्ने थुप्रै कुराहरू पनि  छन्।
त्यसैले जादा अप्ठ्यारो नमानेर जानू तिमि 

मैले केही दिएको छैन 
तिमी पनि केही नलिएर जानू 
बरु तिमी रित्तै जादा भारी बनाएर नजानु ल !
हेर, रित्तो हृदय बोक्ने नशिब सबै संग हुन्न 
सबै संग भको जस्तो प्रेम म संग छैन 

मलाई तिमी आएको बाटो संग प्रेम हुनेछ 
तिमी पर्खेको समय संग प्रेम हुनेछ
तिमी गएको कथा संग प्रेम हुनेछ 
तिम्रो प्रेम लाई यत्ति मात्रै प्रेम गर्नसक्छु म 
भनेनी 
म अप्ठ्यारो छु प्रेम गर्नका लागि,
किनकि मलाई लाग्छ प्रेम अप्ठ्यारो हुनुहुदैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : म त्यो नारी !
शुक्रबार, कात्तिक १७, २०८०

कविता : प्रिय सडक !
शुक्रबार, कात्तिक १७, २०८०

 गजल : जनक रावत 'अनुराग'
शुक्रबार, कात्तिक १७, २०८०