तकसेरा - पृथीछक बुढा

शुक्रबार, कात्तिक १०, २०८०

कुन गाउँका मान्छेहरुको Social Chain मनपर्छ भनेर यदि कसैले सोध्यो भने म तकसेराको नाम लिन्छु । साच्चिकै तकसेराका मान्छेहरुको Social Chain मलाई सबैभन्दा प्रिय लाग्छ । लुम्बिनी प्रदेशकै धनी गाउँ हो तक र सेरा । तकसेरा त्यसै धनी भएको होइन, त्यहाँको Social Chain को संस्कारले नै त्यो गाउँलाई समृद्धि बनाएको हो । अन्य ठाउँका मान्छेहरुलाई हे-यौं भने, दाजुभाइ मध्ये एकजनाले अलि सुखभोग गर्न थाल्यो भने प्रायःको बीचमा मनमुटाव भएको देख्न सक्छौं । हुनेखाने भइटोपलेकाहरुको खुट्टा भुइँमा हुन्न, कमजोरहरुलाई इर्ष्याले सताउन थालिहाल्छ । सहकार्य र सरसहयोग त परैको कुरा । त्यसपछि दाजुभाईमै दुश्मनी ! खुट्टा तान्ने प्रवृत्ति शुरु हुन थाल्छ । तर तकसेरामा त्यस्तो छैन ।

त्यहाँ एकजना ब्यक्तीले समृद्धिको उचाई चुम्यो भने उसले अन्य दाजुभाई, आफन्तजन सबैलाई आफूजस्तै समृद्ध बनाउन खोज्छ । यहि Social Chain नै तकसेरावासीको सफलताको एकमात्र कारण हो । आज तकसेराबासीले चाहेको खण्डमा जुनसुकै बिषयमा पनि हस्तक्षेप गर्नसक्ने ल्याकत राख्दछ । मैले रन्माका युवाहरुलाई पनि यस्तै Social Chain निर्माण गर्न सुझाब दिने गरेको छु । शुरु पनि गरेका छौं । बलै प्रयोग सफल होला नहोला । तर शुरु गरेका छौं । यसको अलावा तकसेराले गरेको एउटा गल्ति नगर्न भने सुझाब दिने गरेको छु वेलावेला । त्यो हो समृद्धिको खोजीमा आफ्नो थातथलोहरु त्याग्दै जानू । आज तकसेरा समृद्ध भएर पनि उसको थातथलो खाली र सुनसान बन्दै गइरहेको छ ।

(तस्बिर सहितको यो विचार पृथीछक बुढाको फेसबुकबाट लिईएको हो ।)

380168314_1071428797629190_2414916730372858152_n (1)1698389059.jpg

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसपी ढकाल
शुक्रबार, कात्तिक १०, २०८०

गणेश सिर्पाली
शुक्रबार, कात्तिक १०, २०८०

बिनाराम खड्का
शुक्रबार, कात्तिक १०, २०८०

तारा प्रसाद ओली
शुक्रबार, कात्तिक १०, २०८०