रुकुमेली वाङमय अधिष्ठानको साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै काठमाण्डौमा सम्पन्न

शनिबार, असोज २०, २०८०

काठमाडौं । रुकुमेली वाङमय अधिष्ठानको प्रथम साधारण सभा शनिबार काठमाण्डौमा सम्पन्न भएको छ । 

साधारण सभाले भूपेन्द्रा मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अरूणकुमार शाह, सचिवमा पूर्ण ओली, कोषाध्यक्षमा सिर्जना शर्मा र सह-सचिवमा ज्ञानु बिसी चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा माधव थापा, गंगा बि.सी., केशवप्रसाद शर्मा, जय देवकोटा, रविप्रकाश मल्ल, कुमारी बाँठा मगर, सुमित्रा बुढा र एक्कबहादुर केसी चयन हुनुभएको अधिष्ठानका सचिव पूर्ण ओलीले जानकारी दिनुभयो । 

उक्त साधारणसभामा तदर्थ समितिका सचिव पूर्ण ओलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सिर्जना शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तदर्थ समितिका अध्यक्ष भूपेन्द्रा मल्लले कार्यसमितिले हालसम्म गरेका कामहरूको समीक्षा गर्दै शुभकामना शीर्षकको कविता वाचन गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका सदस्य अभिराज आचार्यले वाङमयको महत्त्व र रुकुमेली साहित्य एवम् संस्कृतिको सम्बन्धमा प्रकाश पार्नुभएको थियो । संस्थाका सदस्य मिठ्ठू मल्लले रुकुमेली कला साहित्य र संस्कृतिको उन्नयनको लागि चालिनुपर्ने कदमको विषयमा प्रकाश पार्नुभएको थियो ।

सभामा अरूणकुमार शाह, माधव थापा, जय देवकोटा, सुमित्रा बुढा, गोपाल पुनले सुमधुर लयमा लोकलय घन्काएर सहभागीहरूलाई मन्त्रमुग्ध पार्नु भएको थियो भने विवेक शर्मा गौतमले लघुकथा र मन ओली केसीले आमा शीर्षकको कविता सुनाउनुभएको थियो ।

उक्त साधारण सभाले तदर्थ समितिमा रहनुभएका सम्मानित सदस्यहरू लोकेन्द्र बिष्टमगर, भरतकुमार शर्मा र मिनबहादुर पुनलाई सल्लाहकारमा राख्ने निर्णय गरेको छ । यसैगरी तदर्थ समिति भङ्ग गरी नयाँ कार्य समिति चयनका लागि काँशीनाथ उपाध्यायको संयोजकत्वमा मिठ्ठू मल्ल र ऋशेश्वर शर्मा रहेको निर्वाचक मन्डल गठन गरिएको थियो। 

अधिष्ठानका ज्येष्ठ सदस्य श्री काँशीनाथ उपाध्यायले कलशमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गर्नुभएको थियो भने स्वागत भाषण संस्थाका सदस्य अरुणकुमार शाहले गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन सिर्जना शर्माले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : म त्यो नारी !
शनिबार, असोज २०, २०८०

कविता : प्रिय सडक !
शनिबार, असोज २०, २०८०

 गजल : जनक रावत 'अनुराग'
शनिबार, असोज २०, २०८०