गजल - चुहिरहने छानो जलाए के हुन्छ ?

शुक्रबार, भदौ २२, २०८०
  • केशव खड्का

  गजल 

छोराले सोध्यो, बा यो चुहिरहने छानो जलाए के हुन्छ ?
बा मुस्काउदै बोले, बाबु यि दाउराका मुढा पलाए के हुन्छ ?

जनताको मन जितेरै आएको हुँ मपनि यहाँसम्म
यि सरकारहरु पनि मेरै अनुसार चलाए के हुन्छ ?

वहाँ पद र प्रतिष्ठाले यहाँसम्म प्रतिष्ठित भईसक्नु भो
महाशय अब यि बस्त्रहरु जिउमा नलाए के हुन्छ ?

हाम्रा खेतहरुमा आलिसान शहर बनाउने कानुन छ
अब यि सालका जंगलहरुमा धान फलाए के हुन्छ ?

छलिदै छलिदै हजारौ भिडबाट फुत्केर आएको हुँ 
आउनुहोस, तपाई एकजनाले मलाई छलाएर के हुन्छ ?

जो कालो कानुन बन्यो भनेर कालै मुख लाई बसेको छ
सरकार कानुन कै कालो उसैको मुखमा दलाए के हुन्छ ?

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : म त्यो नारी !
शुक्रबार, भदौ २२, २०८०

कविता : प्रिय सडक !
शुक्रबार, भदौ २२, २०८०

 गजल : जनक रावत 'अनुराग'
शुक्रबार, भदौ २२, २०८०