कविता : माफ पाउँ साहेब !

  • सकारात्मक लक्ष्मण

माफ पाउँ साहेब
म भक्त होइन
तिम्रा रावण नृत्यहरूमा तालि ठोक्ने
म त रैति होइन, नयाँ राजा खोज्ने
विकल्प खोज्ने
पुनः राजा रोज्ने

म विचारले
म सिद्धान्तले
नयाँ परिष्कृत र नयाँ स्वरुपले
सोच्ने एक सचेत नागरिक हुँ
म नत नव राजा खोज्छु
नत पुनः राजा रोज्छु
म रूढिग्रस्त हुन सक्दैन
म अन्धभक्त हुन सक्दैन ।

माफ पाउँ साहेब,
म पाउँमा दाम राखि
म जस्तै मान्छेलाई ढोक्न सक्दैन
हो म त नागरिक हुँ
शक्तिशाली नागरिक
म आगो निल्न सक्छ
म आगो ओकल्न सक्छु
म बर्षा, बादल र चट्याङ बन्न सक्छु।

मेरो अदम्य साहसले नालापानीमा लड्को हुँ
मैले ओल्लो र पल्लो माझ किरात आर्जेको हुँ
मैले मेरै हातले तरवार र बन्दुक पटकाएको हुँ ।

माफ पाउँ साहेब,
तिम्रो इतिहास लेखिदाँ
कतै न कतै
मेरो पनि इतिहास लेखिनु पर्थ्यो
कतै न कतै
मेरो पनि भुमिका कोरिएका अक्षर देखिन्नु पर्थ्यो
म तिम्रा भक्त जस्‍तो
कहिले नवराजा
कहिले पुनः राजा
खोजिहिड्ने अन्ध छैन
विकल्प नदेख्‍ने अधम होइन ।

माफ गर्नुहोस्
साहेब (नवसाहेब)
म नागरिक हुँ
म बादल र वर्षा बन्न सक्छु
म आगो र माटो बन्न सक्छु
म नयाँ विज र विरुवा उमार्न सक्छु ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्