कविता : मलाई म नै रहन मन पर्छ

  • निर्मला खड्का

मलाई म नै रहन मन् पर्छ
नत कसैको दबाबसंग झेल्लिन मन छ !
नत कहिकतै कसैको अभावसंग रहन मन् छ !
हो म मान्छु,
जन्म आमाको कोखले नैं दिएको हो
जब मैले धर्तीमा पाईला टेके
तब मलाई म नै रहन मन् पर्छ !

न कसैको रिससंग बाझिन पुग्छु
नत कसैको रंगसंग रंगीन चाहान्छु
केवल स्वतन्त्र चरी जसरी आकाशमा
उड्न सकु
कसैको ईसारामा छम छम् नाच्ने
कसैको पिजँडामा सुगा सरी कैद हुने
अँह,
म त्यो कदापि चाहान्न
त्यसैले त मलाई म नै रहन मन् पर्छ !

नत गोलबन्द संग जोडिएको सम्बन्धसंग रहुँ
नत स्वार्थलाई नियालेर एक्लौटी राज गरौँ
नत कसैको निर्देशनसंग एकता कायम राखु
नत मस्तिष्कसंग विद्रोह गर्न पुगु
हो, त्यसैले मलाई म नै रहन मन् पर्छ !

अन्यायको विरुद्ध उर्लिएका यी आवाज
दलाली व्यवस्थासंग विद्रोह गरेका यी विद्रोही शब्द,
स्वतन्त्रसंग फिजिएका यी मेरा विद्रोहका प्वाँख
न कसैको हस्तक्षेप न कसैको डर त्राससंग रहुँ
हो, त्यसैले मलाई मनै रहन मन् पर्छ !

सडक देखि संसदसम्म बुलन्द आवाज उठाउँदै
खोक्रो आदर्शसंग बाझिएका मित्रसँग छुट्दै
आफ्नै आफ्नै इसाराको लयमा
अधिकारको निम्ती धूलो धुवाँसंग मित्रता कायम राख्दै
लम्किएका यी पाईलासंग दुःख पीडा साट्दै गरेको छु
हो, त्यसैले मलाई म नै रहन मन् पर्छ !

हिजो कसैलाई विश्वास गरेर हिँड्दा हिँड्दै
बीच बाटोमा अल्झाईदिएको यात्रा
झूठा आश्वासनले सजाईदिएको मस्तिष्क
दुई आँखामा बाँधिदिएको कालो पट्टीे
अव यस्ता भ्रममा पर्नु छैन
हो, त्यसैले मलाई म नै रहन मन् पर्छ !

-मुसीकोट नगरपालिका ९ रुकुम (पश्चिम), हाल : दाङ

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्