नेभिगेशन
राष्ट्रिय

निर्वाचनका लागि रुकुम पश्चिममा दुई हजार बढी सुरक्षाकर्मी परिचालन

भोली फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाको लागि रुकुम पश्चिममा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरेर जिल्लाभर दुई हजार ६९ जना सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रशासन कार्यालयले जनाएकोछ । 

सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन एकिकृत सुरक्षा योजना अनुसार कार्य भईरहेको छ । जिल्लामा ९४९ निर्वाचन प्रहरी, ४७४ नेपाल प्रहरी, १८४ सशस्त्र प्रहरी र ४६२ जना नेपाली सेना परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि रुकुम पश्चिममा ७६ मतदान स्थल कायम गरिएको छ । जसअन्तर्गत १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ मतदान केन्द्र कायम गरिएको छ । कुल ७६ मतदान स्थलमध्ये ४३ संवेदनशील, २१ अति संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।

यसपटकको निर्वाचनमा ८४६ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लामा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् । जसमध्ये ५४ हजार २ सय ६३ पुरुष मतदाता, ५२ हजार ३ सय ९६ महिला मतदाता र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्