नेभिगेशन
राष्ट्रिय

उत्तराखण्डको पहिरोमा सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता 

भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पुर्वी बागर छेनागाडमा गत शुक्रबार आएको बाढी पहिरोमा परी सल्यान बनगाड कुपिण्डे नगरपालिकाका बाबुछोरासहित तीनजना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ कालागाउँ निवासी वर्ष ४९ का सरद आग्री र उनका २४ वर्षका छोरा दिपक रहेका छन् । यस्तै साेही दिनदेखि वडा नम्बर ५ राउचका ६९ वर्षका भिमबहादुर बुढा पनि बेपत्ता भएका छन् । तिनै जना साउन १६ मा सल्यानबाट भारत गएका थिए ।

बर्खे खेतिपाती लगाएर गएको र दशैँमा आउने गरी गएको बताइएको छ । चार दिनसम्म पनि कुनै सम्पर्कमा नआएपछि खोजीका लागि भारत लागेको सरदका भाइ दुर्गा आग्रीले बताउनुभयो । 

त्यहाँ रहेका नेपालीहरूले उनीहरु बेपत्ता भएको खबर गरेपछि खोजीको लागि आफू पनि त्यहाँ जाँदै गरेको र भोलि दिउँसोसम्म पुग्ने बेपत्ता भिमबहादुर छोरा सुरेश बुढाले बताउनुभयो ।

१२ भदौको राति भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पुर्वी बांगर छेनागाड अतिवृष्टि भएको थियो । वर्षाका कारण बाढी–पहिरो जाँदा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । खासगरी रुद्रप्रयाग जिल्लाको पूर्वी बांगर क्षेत्रमा पहिरोका कारण छेनागाडको एउटा गाउँमा ठुलो क्षति भएको छ ।

वर्षासँगै १३ भदौ बिहान पहाडबाट आएको लेदोसहितको बाढीले यहाँका १५ भन्दा धेरै पसल घर बगाएको छ ।

यस क्रममा कम्तीमा आठजना बेपत्ता भएका छन् । जसमा चारजना नेपाली र एक वनकर्मी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्