नेभिगेशन
राष्ट्रिय

आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताउनुभएकाे छ ।

भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य समेत रहनुभएका शर्माको यो भनाइ सार्वजनिक भएको हो । उहाँले आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।

शर्माले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर’’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय