शितलपोखरीमा ८१ सवारी साधनमा छड्के जाँच, १८ वटा कारबाहिमा 

बिहीबार, जेठ १०, २०८१

मध्यपहाडि राजमार्ग र राप्ती राजमार्गमाको रुकुम खण्डमा गुड्ने सवारी साधनहरुमा छड्के जाँच गरिएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४ शितलपोखरीमा बिहिबार छड्के जाँच गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयसँगको समन्वयमा छड्के जाँच गरिएको हो । 

छड्के जाँचको क्रममा ८१ वटा विभिन्न सवारी साधनहरुको जाँच गरिएको र त्यस मध्य १८ वटालाई कारबाही गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रशासकिय अधिकृत देव बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार दुई राजमार्गको संगमस्थलमा सवारी जाँच गरिएको हो । 

१० वटा बस तथा मिनिबस, ६ वटा जीप तथा कार, दुई वटा ट्याक्टर, सात वटा अटो, एक टिपर र ५५ वटा मोटरसाइकल जाँच गरिएको हो । प्रशासकिय अधिकृत चन्दले जाँच भएका मध्य १८ वटालाई कारबाही स्वरुप १९ हजार पाँच सय रुपियाँ जरिवाना गरिएको बताउनुभयाे ।

WhatsApp-Image-2024-05-23-at-11.51.18_8106dcad-1716444935.jpg
दश वटै बस तथा मिनिबस, दुई वटा जीप तथा कार र छ वटा मोटरसाईकल तथा स्कुटर कारबाहीमा परेका हुन् । बस तथा मिनिबसबाट १३ हजार पाँच सय, जीप तथा कारबाट एक हजार पाँच सय र मोटरसाईकल तथा स्कुटरबाट चार हजार पाँच सय जरिवाना शुल्क संकलन गरिको छ ।

यान्त्रिक परिक्षण ठिक नभएका, अनुमति बिनै छत तथा सवटप जडान गरेका, लाईसेन्स साथमा नभएका, कागजात नविकरण नभएका सवारी साधनहरु कारबाहिमा परेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार सयौ यात्रुहरु ओसारपसार गर्ने यातायातका साधनहरु जथाभावि चलाउँदा दुघर्टनाको जोखिम हुने भएकोले दुरुस्त अवस्था र नियमानुसार मात्र चलाउन सन्देश दिन छड्के जाँच गरिएको हो । यस कार्यले सवारी धनी, चालक र यात्रुहरु सबैलाई सहज हुने उहाँको भनाई छ । 

आगामी दिनहरुमा पनि छड्के जाँच कार्यलाई निरन्तर दिईने सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्